नियम २५
कब्जामा रहेका मालवस्तुको मूल्याङ्कन
(१) ऐनको दफा ३२ बमोजिम लिलाम गर्ने सम्बन्धमा अनुसन्धान अधिकृतले पञ्चकृति मोल कायम गर्दा देहाय बमोजिमकोे मूल्याङ्कन समिति गठन गरी त्यस्तो मालवस्तुको मूल्याङ्कन गरी सोही आधारमा कायम गर्नु पर्नेछः–
(क) विभागको महानिर्देशक वा उपमहानिर्देशक – संयोजक
(ख) प्रतिनिधि (रा.प. द्वितीय श्रेणी), महालेखा नियन्त्रकको कार्यालय – सदस्य
(ग) विभागको जिल्ला न्यायाधिवक्ता – सदस्य
(घ) महानिर्देशकले तोकेको सम्बन्धित विषयको विशेषज्ञ – सदस्य
(ङ) विभागको आर्थिक प्रशासन शाखाको प्रमुख – सदस्य –सचिव
(२) उपनियम (१) बमोजिम पञ्चकृति मोल कायम गर्न व्यवहारिक वा सम्भव नहुने भएमा वा सडीगली जाने भई कब्जामा लिइएका मालवस्तु तत्काल लिलाम बिक्री गर्नु पर्ने भएमा महानिर्देशकको स्वीकृति लिई अनुसन्धान अधिकृतले नजिकको सरकारी कार्यालयको प्रतिनिधि तथा भद्रभलाद्मी राखी पञ्चकृति मोल कायम गर्नु पर्नेछ ।